काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि चाँडै संयन्त्र बनाउने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस एक सय दिने अभियान कार्यक्रममा बोल्दै उनले सरकारमा रहेका दुई ठूला राजनीतिक दलहरु कांग्रेस र एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने बताएका हुन् ।
उनले कांग्रेसले र एमाले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधेसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने जानकारी दिए ।
उनले २०८४ को चुनावको कुरा गर्दैगर्दा ०८१–०८२–०८३ को जिम्मेवारीबाट भाग्न नपाइने बताए । कांग्रेसले तीन वर्षमा ०८४ मा यो यो ग¥यौँ भन्ने हैसियत बनाएर जानुपर्ने भन्दै सरकारको धेरै फेरबदल र चकचक गर्ने च्याप्टर बन्द गर्नुपर्ने धारणा राखे ।
उनले देशभरिको चुनावहरु हेर्दा एकदमै धेरै महँगो भएको भन्दै यसलाई छलफलको विषय बनाउन आवश्यक रहेको बताए ।