नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्रीको अमेरिका भ्रमणमा ४ करोड २९ लाख खर्च

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गत ४ असोजदेखि १४ असोजसम्म गरेको अमेरिका भ्रमणमा राज्य कोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ ।

अर्थ मन्त्रालयका अनुसार विशिष्ट व्यक्तिको भ्रमण खर्चका नाममा सो रकम बराबरको बजेट परराष्ट्र मन्त्रालयका नाममा अख्तियारी दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित ७९ औँ महासभामा भाग लिन अमेरिका गएको थियो । अर्थ मन्त्रालयले यस्तो खर्च अर्थ विविध शीर्षकमा राखेको रकमबाट दिने गरेको छ ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update