नेपाल न्युज प्वाइन्ट डटकम
सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा दीपेश पुन पनि प्रतिवादी

काठमाडौं : सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई पनि प्रतिवादी बनाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार दायर गरेको मुद्दामा पुनलाई पनि प्रतिवादी बनाइएको हो ।

उनीविरुद्ध २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ बिगो दाबी गरिएको छ । उनले सहकारीको बचतकर्ताहरूलाई विश्वस्त दिलाउने, आकर्षक व्याजदरको प्रलोभन देखाउने समेतका कार्यबाट छोटो समयमा ठूलो रकम बचत संकलन गरी गैर कानुनी लाभ लिने गरेको जिल्ला वकिलको कार्यालयमा दायर भएको मुद्दामा उल्लेख छ ।

साथै उनकी श्रीमती सविना आले मगरलाई सञ्चालक समितिमा राखी आफू अनुकुल बनाउनका लागि सोही अनुसारको सञ्चालक समितिबाट निर्णय गराएको पनि सरकारील वकिल कार्यालयले दायर गरेको मुद्दामा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update