साई स्वागत सहकारी ठगी प्रकरण : जंगम र दाहाल पक्राउ, ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौंः साई स्वागत सहकारी ठगी प्रकरणमा एक जना पक्राउ परेका छन् । काठमाडौंको बानेश्वरस्थित रहेको उक्त सहकारी ठगी प्रकरणमा एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा उक्त सहकारीका पूर्वअध्यक्ष भरत जंगम रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई आइतबार पक्राउ परेको हो। यस्तै सहकारीका तत्कालीन कोषाध्यक्ष लुमन दाहाल पनि पक्राउ परेका छन् ।
जंगमविरुद्ध काठमाडौं महानगरको पत्र र पीडितको जाहेरी समेत परेपछि उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।
पक्राउ परेका दुई जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
काठमाडौंबाट आइतबार पक्राउ परेका उनीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको एसपीअधिकारीले बताए ।
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१ १९:०८
प्रतिक्रिया दिनुहोस्