डेनमार्कको राजदूतमा तुलाधर नियुक्त
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई आज राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१ १९:१३
प्रतिक्रिया दिनुहोस्