नेपाल न्युज प्वाइन्ट डटकम
काठमाडौं महानगरले माग्यो ‘इन्टर्न’मा न्यायिक सहजकर्ता

काठमाडौंः काठमाडौं महानगरपालिकाले न्यायिक सहजकर्ता (इन्टर्न) का रुपमा काम गर्न इच्छुक विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ ।

महानगरपालिका केन्द्रीय कार्यालय र अन्तर्गतका वडा कार्यालयमा सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानुनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ता (इन्टर्न) का रुपमा काम गर्न आवेदन आह्वान गरेको हो ।

कानून क्याम्पसमा कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका इच्छुक विद्यार्थीलाई आवेदन दिन सक्ने छन् ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update