भक्तपुरमा बाबुछोरा मृत अवस्थामा फेला
काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटको एकघरमा बाबुछोरा मृत भेटिएका छन् ।
सोमबार बालकोट फिकाधारा टोलमा चार वर्षदेखि डेरा गर्दै आएका खोटाङ रुपाकोट मजुवागढी १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविन आचार्य मृत भेटिएका हुन् ।
उनीहरु छुट्टाछुटै २ वटा कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
फिकाधारास्थित एक पक्की घरमा २ व्यक्ति बाहिरबाट ताला लगाई भित्र अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुर र प्रहरी वृत ठिमीबाट प्रहरी टोली घटनास्थलामा पुगेको थियो ।
शवमा चोटपटक समेत भेटिएको र बाहिरबाट ताला समेत लगाइएको उनीहरुको हत्या भएको हुन सक्ने आशंका प्रहरीको छ ।
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१ १४:१७
प्रतिक्रिया दिनुहोस्