-जगदीशप्रसाद जोशी
म त हिमपात हुँ,
सेताम्य छु,
मेरो हृदयलाई छामेर हेर,
म कसैको प्रेममा छु,
भोलेनाथको जटा सेताम्य बनाउने
मेरो स्वरुपलाई अवलोकन गर
म नै सत्य हुँ,
म नै प्रेम हुँ,
म नै शुन्य हुँ,
म एकदिन पग्लिने छु,
पानि पानि हुनेछु,
हिम नदि हुँदै, गँगा हुनेछु,
म पुर्णता खोज्ने छैन,
मात्र पानि हुनेछु,
गँगाको जल हुनेछु,
नाथको शिरमा अबिशेक गर्न
तिम्रो देहको भष्म मिसिएको
मेरै तटमा बनेको चन्दन
पात्लो बनाउने जल हुनेछु,
हो म हिमपात हुँ
पानि पानि हुन पग्लिने छु,
गँगा हुनेछु,
म समुद्र हुनेछु,
म बिलाउने छु,
म अलप हुनेछु,
तटका ढुङ्गाहरुलाई
शालिग्राम बनाउने छु,
म शान्त छु,
प्रेमको खोजीमा,
कतै डुलिरहेको,
बसन्त जस्तै
म आनन्द छु, म सुरम्य छु,
म हिमपात हुँ सेताम्य छु,
म कसैको प्रेममा छु,
मेरो स्वरुप अविचलित छ,
अनन्य छ, आनन्दित छ, शुन्य छ,
हो म प्रेम हुँ,
म शुन्य हुँ,
म नै त सत्य हुँ,
म नै अन्त्य हुँ,
म नै ब्रह्म हुँ,
हो म नै त हिमपात हुँ,
म नै आनन्द हुँ,