एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

काठमाडौं : नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनीत भएका छन् ।
एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् ।
एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतक तोकेका हुन् । बर्तौला यसअघि सचेतक थिए ।
यस्तै सचेतकमा भने सुनिता बराल मनोनीत भएकी छन् । प्रमुख सचेतक बनेका बर्तौला र सचेतक बराल दुवैजना अनेरास्ववियुको राजनीति गरेर आएका युवा नेता हुन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८० १५:२७
प्रतिक्रिया दिनुहोस्