नेपाल न्युज प्वाइन्ट डटकम
बुधबार पत्रकार सम्मेलन गर्दै भीम रावल, पार्टी घोषणाको तयारी

काठमाडौं : एमालेबाट निष्कासनमा परेका डा.भीम रावलले आफ्ना कार्य योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएका छन् । नेता रावलले आगामी बुधबार (पुस १७) गते कार्की ब्यांकेटमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए ।

रावल निकट स्रोतका अनुसार आगामी बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजना हुन लागेको छ । 

‘बुधवार पत्रकार सम्मेलन गर्ने मोटामोटी तय भएको छ । उक्त पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने र भावी कार्य योजनाका बारेमा समेत जानकारी दिने तयारी छ’, रावल निकट एक नेतालले भने, ‘ १७ गते १ बजे कार्की ब्यांकेटमा पत्रकार सम्मेलनमै नयाँ पार्टी खोल्ने नखोल्ने थाहा हुन्छ ।’

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update