
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवम् सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गणतन्त्रलाई सफल पार्न अझ विश्वसनीय बनाउनुपर्ने बताए ।
सभापति देउवाले अहिले राष्ट्रिय मेलमिलापको नीतिबाट एकतावद्ध रुपमा अघि बढिरहेको भन्दै सम्पूर्ण नेपालीलाई एक सूत्रमा एकतावद्ध गर्नुपर्ने जिकिर गरे ।
सभापति देउवाले सम्पूर्ण नेपालीहरुको बिचमा एकता गर्नु आजको आवश्यकता भएको बतए । सबै नेपालीलाई राष्ट्रिय एकताको एक सूत्रमा बाध्न जरुरी रहेको उनले औंल्याए ।
सभापति देउवाले कांग्रेसका लागि मात्रै नभइ देशभरका सबै नागरिकका लागि नै राष्ट्रिय मेलमिलाप अत्यावश्यक रहेको बताए ।