माधव नेपाललाई फकाउन घरमै पुगे प्रचण्ड र ओली

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् ।
बिरामी रहेका नेपाललाई भेट्न प्रचण्ड र ओली कोटेश्वरस्थित उनको निवासमै पुगेका हुन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडेर प्रचण्डले एमालेसहितको नयाँ गठबन्धन बनाएपछि नेता नेपालाई फकाउने प्रयास शुरु भएको छ ।
एकीकृत समाजवादीले कुनै निर्णय गरिनसकेको अबस्थामा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली नेपाललाई फकाउन उनकै निवासमा पुगेका हुन ।
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८० १९:५९
प्रतिक्रिया दिनुहोस्