नेपाल न्युज प्वाइन्ट डटकम
सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर 	भूकम्प

काठमाडौंः काठमाडौंमा आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।

सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर चार दशमलव आठ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update