नेपाल न्युज प्वाइन्ट डटकम
माधव नेपाललाई देउवाले राखे सहकार्यको प्रस्ताव

कमाठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेर सहकार्यको प्रस्ताव राखेका छन् ।

बुधबार बिहान नेपालको  निवास कोटेश्वर पुगेर सभापति देउवाले आगामी दिनमा पनि सहकार्यको प्रस्ताव गरेका हुन् ।

देउवा र नेपालको भेटवार्तामा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा केन्द्रित रहेर कुराकानी भएको बताए । नेपालसँग छलफल सकारात्मक रहेको भन्दै संवादलाई निरन्तरता दिने उनको भनाइ छ ।

अध्यक्ष नेपाललाई मंगलबार बेलुकी नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि भेटेर सहकार्यको प्रस्ताव राखेका थिए।

नयाँ गठबन्धनमा सामेल भएर सरकारमा जाने कि नजाने भन्ने एकीकृत समाजवादीले आजको सचिवालय बैठकबाट निर्णय गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update