
काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद (वेस्ट मिनिस्टर) मा सम्बोधन गर्ने भएका छन् । उनले १३ जनवरी २०२५ मा संसद भवनभित्र आयोजना गरिने विशेष कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् ।
संसदको उक्त कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ ।
नेता कोइराला बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार बाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा जनवरी ९ मा त्यसतर्फ जाँदैछन् ।
बेलायतको संसद भवनभित्र त्यहाँका मन्त्री र सांसदलाई सम्बोधनको अवसर पाउने डा. कोइराला पहिलो नेपाली नेता हुन् ।
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१ १५:४९
प्रतिक्रिया दिनुहोस्