नेपाल न्युज प्वाइन्ट डटकम
माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौं : नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक अन्तिम समयमा स्थगित भएको छ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केन्द्रीय समितिमा पेश गर्ने भनिएको राजनीतिक प्रतिवेदन माथि छलफल गरेर अन्तिम रूप दिने लगायतका एजेन्डा रहेको थियो ।

अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण आजको बैठक स्थगित गरिएको बताइएको छ ।

अर्को बैठक आइतबार बिहान ८ बजे बस्नेगरी तय भएको छ । यसअघि बिहीबार र शुक्रबार स्थायी समिति बैठक बसेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update