नेपाल न्युज प्वाइन्ट डटकम
माओवादीले लियो गण्डकी र सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं : नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादी केन्द्र गण्डकी प्रदेशकी प्रमुख सचेतक कुसुम बुढाले समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाइसकेको जानकारी दिइन् ।

केन्द्रमा सत्ता गठबन्धन फेरबदलसँगै गण्डकीका मुख्यमन्त्री पाण्डेले मंगलबार नेकपा माओवादी केन्द्रका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई हटाएका थिए ।

यस्तै माओवादी केन्द्रले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारलाई समर्थन गरेर गत जेठ ६ गते माओवादी सरकारमा सामेल भएको थियो ।

सरकारले सुशासन, विकास र जनतामा आशा सिर्जना गर्न नसकेको आरोप माओवादीको छ । मुख्यमन्त्री कमलबहादुर शाहीले माओवादीका तीन जना मन्त्रीलाई मंगलबार पदबाट बर्खास्त गरेका थिए । 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update