कास्की अदालतमा आज रवि लामिछानेको पक्षबाट थुनछेक बहस हुँदै
काठमाडौं : पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूको थुनछेक बहस जारी छ ।
गत मंगलबारदेखि सुरु भएको थुनछेक बहसमा आज रवि लामिछानेको पक्षका कानून व्यवसायीहरूले बहस गर्दै छन् ।
रविको पक्षबाट १८ जना कानून व्यवसायीले बहस गर्दै छन् । अदालतमा बुझाएको वकालतनामा अनुसार अधिवक्ताहरू रोहितराज बास्तोला, सुनीता रावत, सुरज बस्नेत, रमेश गिरी, रेनुकादेवी सिटौला, डा. नारायण घिमिरे, सुशील पन्त, कृष्णप्रसाद पराजुली, यज्ञनिधी न्यौपाने, डा. नारायणदत कँडेल, भिमराज पोखरेल, डिल्लीराम अधिकारी, कमलप्रसाद पोखरेल, गोविन्दप्रसाद अधिकारी, लेखनाथ सापकोटा, गिरीराज ओझा, सञ्जय गोले र संकुचित प्रसाद सुवेदी रविको पक्षमा प्रतिरक्षा बहस गर्नेछन् ।
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१ १२:१४
प्रतिक्रिया दिनुहोस्