रास्वपालाई गृहसहित चार मन्त्रालय, को-को बन्दैछन् मन्त्री ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित चार मन्त्रालय लिने भएको छ । बालुवाटारमा बुधबार दिउँसो बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको हो ।
रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् । यस्तै डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन् भने शिक्षा मन्त्रीमा रास्वपाले सुमनालाई पठाउने भएको छ ।
यसैगरी रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८० १३:५४
प्रतिक्रिया दिनुहोस्