नेपाल न्युज प्वाइन्ट डटकम
राज्य व्यवस्था समिति सभापति खतिवडा र थानीबीच भनाभन

काठमाडौं : सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ । 

समितिको बैठकमा समितिकै सदस्य थानी बोल्दै गर्दा सभापति खतिवडाले रोक्न खोजेपछि चर्काचर्की परेको हो ।

‘सभापति कति बोल्नुहुन्छ ? म बोल्दिनँ तपाईं बोल्नुस्,’ सभापतिले छोट्याउन आग्रह गरेपछि थानीले भने, ‘जहिल्यै कुरा काटेको छ । बोल्न त पाउनुप¥यो । सबै तपाईंले जान्नुभएको छ । तपाईं नै बोल्नुस् ।’ 

यसैगरी समितिमा उपसभामुख इन्दिरा राना, पूर्वगृहमन्त्री रवि लामिछाने र संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयविरुद्ध परेको उजुरीमा छलफल भएको छ । 

अख्तियार विधेयक उपसमितिबाट काम सम्पन्न भएर पनि अघि नबढाएको विषयमा थानीले प्रश्न उठाउँदै गर्दा सभापति खतिवडाले बीचैमा हस्तक्षेप गरी विधेयक अघि बढ्ने जवाफ दिएका थिए ।

त्यसपछि समिति सञ्चालनको प्रक्रिया नै ठिक नभएको भन्दै थानी उनीमाथि खनिएका थिए । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति भएर काम गरिसकेका थानीले सभापतिको शैलीमाथि प्रश्न उठाउँदै आफू नबोल्ने भनेर सभापतिलाई नै बोल्न अग्रह गरेका थिए ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update