तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, नेपालमा पनि धक्का
काठमाडौं : आज बिहान गएको भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टी नजिक केन्द्रबिन्दु भएर ७ म्याग्नीच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी)ले ले जनाएको छ ।
बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ ०७:२६
प्रतिक्रिया दिनुहोस्