नेपाल न्युज प्वाइन्ट डटकम
चीन भूकम्प : ५३ जनाको मृत्यु, ६२ घाइते

काठमाडौं : चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ५३ जनाका मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् । 

चिनियाँ समाचार संस्थाहरूले लेखेअनुसार चीनमा भूकम्पमा परी ५३ जनाको मृत्यु र ६२ जना घाइते भएको उल्लेख गरेको छ । चीनको समय अनुसार बिहान ९:५ बजे त्यहाँको दिंगे केन्द्रबिन्दु भएर ६.८ म्याग्नेच्युडको भूकम्प गएको थियो। 

जसबाट तिब्बतीय क्षेत्रमा अझै क्षति भएको हुन सक्ने आँकलन गरिएको छ। सोसल मिडिया पोस्टहरूमा भवनहरू भत्किएको देखाइएको छ । त्यहाँ धेरै शक्तिशाली पराकम्पहरू आएको समाचारमा उल्लेख छ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update