राष्ट्रिय सभा निर्वाचनमा कृष्ण सिटौलाले गरे मनोनयन दर्ता

विराटनगर : राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशमा मनोनयन दर्ता गरेका छन् ।
विराटनगर स्थित निर्वाचन आयोगको कार्यालयमा उनले मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।
गएको निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग झापा क्षेत्र नम्बर ३ मा पराजित भएका सिटौला राष्ट्रिय सभाको निर्वाचनमा पुन उम्मेदवार भएका हुन् ।
सत्ता गठबन्धनले कोशी प्रदेशबाट खाली हुने राष्ट्रिय सभा सदस्यमा कांग्रेस र माओवादीले पाउने गरी भागबण्डा गरेको थियो ।
प्रकाशित मिति: सोमबार, पुस २३, २०८० १२:२१
प्रतिक्रिया दिनुहोस्