नेपाल न्युज प्वाइन्ट डटकम
माओवादीबाट अर्थमा वर्षमान, परराष्ट्रमा नारायणकाजी

काठमाडौं : नेकपा माओवादी केन्द्रले दुई मन्त्रीको नाम टुंग्याएको छ । जसअनुसार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र र अर्थमा उपमहासचिव वर्षमान पुनलाई पठाइने भएको छ ।

यसअघि माओवादीबाट हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् ।

नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ।

जसअनुसार रास्वपाले ४ मन्त्रीको नाम टुंग्याइसकेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update