विमानस्थलबाट सुनसहित एक जना पक्राउ
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली लैजान लागेको ६१ ग्राम तौल सुन जस्तो देखिने धातुको ढिक्का १ थान र औँठी १ थानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय संजय तामाङ रहेका छन् । तामाङलाई एयर इन्डियाको उडानद्वारा दोहाबाट काठमाडौँ आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट उक्त धातुसहित प्रहरीले आइतबार पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ १३:४७
प्रतिक्रिया दिनुहोस्