पारिवारिक तनावका कारण आमाले गरिन् दुई छोरीको हत्या
काठमाडौँ : सल्यानको कुपिण्डे नगरपालिका-११, सिस्नेपातालमा पूर्णिमा रानाले आफ्ना दुई छोरीको हत्या गरेको स्वीकार गरेकी छन् । प्रारम्भिक सोधपुछको क्रममा पूर्णिमाले छोरीहरूको हत्या स्वीकार गरेको सल्यान प्रहरीले जनाएको छ ।
बुधबार बिहान पूर्णिमाका ३ वर्ष र ६ महिनाका दुई छोरीहरू घरभित्रै मृत भेटिएका थिए । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले आमा पूर्णिमालाई घरबाटै नियन्त्रणमा लिएको थियो ।
पूर्णिमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन् । उनीविरुद्ध बिहीबार जाहेरी दर्ता भएपछि औपचारिक रुपमा बयान लिने लगायतका प्रक्रिया अघि बढ्ने छ ।
यद्यपि प्रारम्भिक सोधपुछको क्रममा उनले पारिवारिक तनावका कारण छोरीहरुलाई घाँटी थिचेर मारेको बताएकी छन् । प्रहरीका अनुसार उनी आफैंले आत्महत्याको प्रयास समेत गरेकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ ११:५५
प्रतिक्रिया दिनुहोस्