सूर्यदर्शन सहकारी प्रकरण : रविसहितको थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना
काठमाडौं : सूर्यदर्शन सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिलले जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो ।
आजै न्यायाधीश राईले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना छ ।
थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको हो । अहिले भने न्यायाधीशले प्रतिवादीलाई आफ्ना कुरा राख्न समय दिएका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ १२:५९
प्रतिक्रिया दिनुहोस्