सुन जस्तो देखिने धातुसहित २ जना पक्राउ
काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको सुन जस्तो देखिने धातु करिब १४९.११ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गेको छ ।
पक्राउ पर्नेहरूमा झापा कनकाई नगरपालिका–११ घर भएकी ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–१ घर भएकी ३२ वर्षीया फुर्पा लामु तामाङ रहेका छन् ।
नेपाल एयरलाईन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएकी पुष्पालाई ६७.५१ ग्राम र फुर्पालाई ८१.६० ग्राम उक्त धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ १३:४२
प्रतिक्रिया दिनुहोस्