सूर्यदर्शन सहकारी प्रकरण : धरौटी बुझाएर छुटे तीन आरोपी
काठमाडौं : सूर्यदर्शन सहकारी ठगी प्रकरणका सात आरोपीमध्ये तीनजना धरौटी बुझाएर छुटेका छन् ।
सहकारीका पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसदस्य कृष्ण गुरुङ धरौटी बुझाएर छुटेका हुन् । मीना र आरतीले पाँच/पाँच लाख, कृष्णले एक लाख धरौटी बुझाएर छुटेका हुन् ।
जिल्ला अदालत कास्कीको आदेशलगत्तै धरौटीवापतको रकम जम्मा गरेर उनीहरू छुटेका हुन् ।
अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेलाई समेत ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
तर, काठमाडौं लगायतका जिल्लामा पनि अरु मुद्दा भएकाले उनी तत्काल छुट्ने छैनन् ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ १९:४०
प्रतिक्रिया दिनुहोस्