रवि ८४ दिनपछि रिहा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन् ।
काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने शर्तमा उनी आजै थुनामुक्त भएका हुन् ।
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहितका सातै जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
अदालतले रविसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने रिहा भएका हुन् ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ २०:३१
प्रतिक्रिया दिनुहोस्