काठमाडौं : सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
बैठकले सशस्त्र प्रहरीका ४ जना नायब महानिरीक्षकको पदावधि थप गर्ने निर्णय गरेको छ । बैठकले पुस २६ र २७ (शुक्रबार र शनिबार) हुने नेपाल–भारत वाणिजय सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा गरिने वार्ता तथा छलफलको कार्यसूची पनि स्वीकृत गरेको छ ।
बैठकले आगामी फागुन १२ गते देखि १५ गतेसम्म इलालीको रोममा आयोजना हुने जनवायु परिवर्तनसँग सम्बन्ध्ति कार्यक्रममा सहभागी हुनका लागि वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मालाई स्वीकृति प्रदान गरेको छ ।
मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालय सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी काजमा खटाउने निर्णय पनि गरेको छ ।