रविविरुद्ध सुप्रिम सहकारी ठगी प्रकरणमा पनि मुद्दा दर्ता हुँदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
काठमाडौं : रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई समेत प्रतिवादी बनाउन राय दिइएको छ ।
यस प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले बिहीबार लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित १४ जनाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो ।
प्रहरीले पुराना २८ र नयाँ १४ गरी ४२ जनाविरुद्ध मुद्दा चलाउने राय दिएको छ ।
लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार छुटेका थिए । उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१ १६:२१
प्रतिक्रिया दिनुहोस्