सरकारले ल्यायो तीन अध्यादेश
काठमाडौं : सरकारले तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले बैठकले केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
ती अध्यादेशमा गैर आवासीय नेपालीलाई निःशुल्क भिसा दिनेदेखि कम्पनी खोल्न पाउने लगायत प्रावधान समावेश छन् ।
सरकारले ल्याएको अध्यादेशको प्रावधानमा सरकारी कार्यालयमा ७ दिनभन्दा बढी फाइन घुमाउन नपाइने, सरकारका कामको सम्पादन सरलीकरण ७ दिनभित्र नभए कारबाही हुने, सेवा प्रवाहमा नागरिक एप प्रयोगमा ल्याउने लगायतका प्रावधान छन् ।
यस्तै श्रमिकहरूको अवकाश उमेर बढाएर ६० वर्ष पुर्याउने, कसुरजन्य सम्पत्ति र कसुरमा संलग्न साधन जफत गर्नेलगायतका प्रावधान छ ।
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१ ०८:०१
प्रतिक्रिया दिनुहोस्