काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बस्न लागेको हो ।
पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णय कार्यान्वयन लगायत विषयमा छलफल हुनेछ ।
केन्द्रीय समिति बैठकपछि पहिलो पटक पदाधिकारी बैठक बस्न लागेको हो ।
बैठकले केन्द्रीय समिति बैठकको निर्णयसहित परिपत्र जारी गर्न सक्ने बताइएको छ । पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकले जनतासँग माओवादी अभियान चलाउने र एक वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशनमा जाने निर्णय गरेको थियो ।
बैठकले हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग र मध्य पहाडी पुष्पलाल राजमार्ग केन्द्रित सञ्चालन गर्ने, विचार मिल्ने वामपन्थी दलहरूसँग एकताको निम्ति उच्चस्तरीय संवाद समिति गठन गर्ने, माघ १ गते सम्ममा सबै केन्द्रीय सदस्यहरूको कार्य विभाजन र जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो ।