नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रपतिले गरे निर्माणाधीन संसद भवन अवलोकन

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन् । सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन् । 

सो क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालकाे उपस्थित रहेको थियो । 

राष्ट्रपति पौडेललाई अवलोकनका क्रममा सहरी विकास मन्त्रालयका सचिव गाेपाल सिग्देलले साे भवन निर्माणमा भइरहेकाे प्रगतिबारे जानकारी गराएका थिए । साे क्रममा पौडेलले भवनसम्वनधी विभिन्न जिज्ञासा राख्दै सम्बद्ध पक्षलाई यथाशक्य चाँडाे सक्न निर्देशन पनि दिए । 

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य संरचना निर्माण गरिएको छ ।

१ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ ।  

संघीय संसद भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद भवनको रूपमा प्रयोग गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update