नेपाल न्युज प्वाइन्ट डटकम
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं : रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा थुनछेक बहसपछि उनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो । 

लामिछानेलाई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएकाे हो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।

गत बिहीबार कास्की अदालतले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update