नेपाल न्युज प्वाइन्ट डटकम
मन्त्रिपरिषद् बैठकः सरकारको प्रवक्तामा रेखा शर्मा, महिलामन्त्रीको विदेश भ्रमण अनुमोदन

काठमाडौं : नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पाएकी छन् ।  मन्त्रिपरिषद्को आजको बैठकले मन्त्री शर्मालाई सो जिम्मेवारी प्रदान गरेको हो ।

यस्तै, बैठकले संयुक्त राष्ट्रसंघको ‘कमिसन अन दि स्टाटस अफ वुमन को ६८औं सत्र’ मा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति प्रदान गरेको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुलाई बधाई दिँदै सफल कार्यकालका शुभकामना व्यक्त गरेका थिए  ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री शर्माले आजभोलि नै सरकारले पूर्णता पाउने बताए । उनले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी दिइन् । 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update