सरकारलाई असफल हुने र काँध फेर्ने छुट छैन : महेश बर्तौला

काठमाडौं : नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले यो सरकारलाई काँध फेर्ने छुट नरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । यो सरकारलाई कमजोर र असफल हुने छुट नभएको बताउँदै उनले भने, 'सरकारले समग्र देशको पक्षका काम गर्ने सामर्थ राख्नुपर्छ । हिँड्दाहिँड्दै काँध गल्यो भने फेर्ने छुट पनि छैन ।'
उनले हिँड्दाहिँड्दै आफ्नै भारीले थिचिने वातावरण बनाउने छुट पनि यो सरकारलाई नभएको बताए ।
उनले एमााले सत्तापक्षको आसनमा पुगेको र आसन परिवर्तन भएको भएपनि देशप्रतिको जवाफदेहिता र जनताप्रतिको कर्तव्य परिवर्तन नभएको बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८० १२:५६
प्रतिक्रिया दिनुहोस्