नेपाल न्युज प्वाइन्ट डटकम
खो-खो विश्वकपमा नेपाल उपविजेता, भारतले जित्यो उपाधि

काठमाडौं : नेपाललाई हराउँदै भारतले महिलातर्फको खो-खो विश्वकपको उपाधि जितेको छ । नयाँ दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा नेपाललाई ७८–४० अंकले हराउँदै भारतीय महिला टोलीले पहिलो पटक खो खो विश्वकपको उपाधि जितेको हो ।

महिलातर्फ नेपाल र भारत दुवै अपराजित रहँदै फाइनल पुगेका थिए । दुई अपराजित टिमबीचको फाइनल भिडन्तमा भारतले बाजी मारेको हो ।

महिलातर्फ नेपाल समूह सी मा सबै चार खेल जित्दै अपराजित रहेर समूह सी को विजेताको रूपमा क्‍वाटरफाइनलमा प्रवेश गरेको थियो ।

नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले पराजित गरेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update