नेपाल न्युज प्वाइन्ट डटकम
खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता, भारतले जित्यो उपाधि

काठमाडौं : आयोजक भारतले खोखो विश्वकप पुरुष तर्फको पनि नेपाललाई हराउँदै उपाधि  जितेको छ ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार भएको पुरुषतर्फको फाइनलमा नेपाल आयोजक भारतसँग ५४–३६ अन्तरले पराजित भएको हो ।

हिलो इनिङ्समा भारतले अट्याकिङबाट २६ अंक जोड्दा दोस्रो इनिङ्समा २८ अंक जोडेको थियो । नेपालले भने दुवै इनिङ्समा समान १८ अंक जोडेको थियो ।

यसअघि महिला तर्फको उपाधि पनि भारतले नेपाललाई नै पराजित गर्दै जितेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update