नेपाल न्युज प्वाइन्ट डटकम
महानगर प्रमुख दाहाल र बेलायतका उपसभामुख भेटवार्ता

चितवन : भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका उपसभामुख निजेल इभान्ससँग भेटवार्ता गरेकी छन् । एक कार्यक्रमका सिलसिलामा हाल बेलायतमा रहेकी दाहाल र उपसभामुख निजेलबीच लण्डनमा आज भेटवार्ता भएको हो ।

दाहालले दिएको जानकारीअनुसार भेटका क्रममा वर्षौंदेखिको नेपाल–बेलायत सम्बन्ध तथा ब्रिटिस सेनामा सेवा गरिरहेका गोर्खा सैनिकलगायतका विषयमा कुराकानी भएको थियो । त्यसअवसरमा दुई देश र जनताजनताबीचको ऐतिहासिक सम्बन्धबारे छलफल भएको पनि उनले जानकारी दिइन् ।
 
सो अवसरमा ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा सहभागी हुन नेपाल आउन प्रमुख दाहालले उपसभामुख निजेललाई निमन्त्रणा गरेकी थिइन् । भरतपुर महानगरपालिकाल सन् २०२४ लाई ‘घुमौँ भरतपुर’ नारासहित भरतपुर भ्रमण वर्षकारुपमा मनाइरहेको छ । 

सो भेटपश्चात निजेलले बेलायती संसद्को इतिहासको अध्ययन गर्नुका साथै संसदीय गतिविधि र संसद् भवनको अवलोकन गरेको दाहालले जानकारी दिइन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update