नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रमुख सचेतक श्याम घिमिरेका अनुसार सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बोलाएका हुन् ।  

बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, संसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । संसद बैठक १८ माघमा बोलाइएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update