नेपाल न्युज प्वाइन्ट डटकम
एपीएफले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि

काठमाडौं : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै साविक विजेतासमेत रहेको एपीएफले उपाधि जितेको हो ।

एपीएफ क्लबले सुदूरलाई फाइनलमा ९ विकेटले पराजित गर्‍यो । सुदूरले दिएको ६८ रनको लक्ष्य एपीएफले १३औं ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफका लागि ममता चौधरीले र इन्दु बर्माले अविजित रहँदै क्रमश ४३ र १८ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले १८.१ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो । मनिषा बोहराले सर्वाधिक १८ रन बनाइन् । कप्तान विन्दु रावलले १७ रन बनाइन् ।

एपीएफका लागि कविता जोशीले ३ विकेट लिइन् । सबनम राईले २ विकेट लिइन् । इन्दु बर्माले २ विकेट लिइन् । करुणा भण्डारीले १ विकेट लिइन् ।

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update