नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेस अध्यादेशको पक्षमा एकढिक्का भएर संसदमा प्रस्तुत हुने

काठमाडौं : नेपाली कांग्रेस अध्यादेशको पक्षमा एकढिक्का भएर संसदमा प्रस्तुत हुने भएको छ । सदनभित्र र बाहिर पनि अध्यादेशको पक्षमा एकढिक्का हुन कांग्रेस शीर्ष नेतृत्वले पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

कांग्रेसले हालै सरकारले ल्याएका अध्यादेशहरुमा आफ्ना फरक मत वा असहमति भए पनि संसदमा त्यसलाई व्यक्त गर्न नपाइने निर्णय गरेको छ । शनिबार सिंहदरबारमा बसेको नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्री र संसदीय दलको कार्यसमिति बैठकमा यस्तो निर्णय भएको हो ।

संसदीय दलको बैठकमा पनि यसबारे थप छलफल हुने र संसदमा एउटै स्वरका साथ प्रस्तुत हुने निर्णय भएको प्रमुख सचेतक श्याम घिमिरले जानकारी दिए ।

बैठकमा सभापति शेरबहादुर देउवाले केही कुरा भए अहिले नै भन्न तर संसद र बाहिर गएर फरक मत नराख्न निर्देशन दिएको घिमिरेको भनाइ छ । आर्थिक क्षेत्रमा देखिनेगरी सुधारका काम गर्न केही विधेयकलाई संशोधन गर्नै पर्ने बाध्यता भएको हुनाले यसलाई अध्यादेशका रुपमा ल्याइएको देउवाको भनाइ थियो ।

बैठकमा गृहमन्त्री रमेश लेखककले सरकारका कामकारबाहीबारे जानकारी दिएका थिए भने स्वाथ्यमन्त्री र कृषिमन्त्रीले आफ्नो मन्त्रालयका बारेमा बोलेका थिए ।

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update