नेपाल न्युज प्वाइन्ट डटकम
एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं : नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेका प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौलाले यही माघ १५ गते नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिए । 

उनले बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी र आगामी संसद अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने बताए । 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update