
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना कोही पनि नेता कार्यकर्तालाई घरमा खाना खाने समस्या नरहेको बताएका छन् । आज राजधानीमा आयोजित नेकपा ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेकपाले कृषिमा आत्मनिर्भर हुन गरेको मेहेनतले यो अवस्था सिर्जना भएको उनको भनाइ थियो । ‘नेकपाको नेता र कार्यकर्ताको घरमा खानका लागि कुनै समस्या छैन । नेता र कार्यकर्ता कम्तीमा मागेर खानुपर्ने ठाउँमा छैनौं,’ उनले भने, ‘तीन वर्षमा पार्टीलाई खानका लागि चन्दा माग्नु नपर्ने ठाउँबाट मुक्त गर्ने अठोट हो । हामीले खानका लागि कसैसँग गुहार्न पर्ने ठाउँमा छैनौं ।’
उनले विदेशबाट चामल आयात गर्नुपर्ने अवस्थालाई हटाएर गरिब देशलाई सहयोग गर्ने चाहना आफूहरूको रहेको जिकिर गरे ।
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१ १६:०१
प्रतिक्रिया दिनुहोस्