नेपाल न्युज प्वाइन्ट डटकम
गोलबजारमा होटल सञ्चालकको हत्या, चार जना पक्राउ

गोलबजार : सिरहाको गोलबजारमा होटल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको छ । गोलबजार नगरपालिका‐६ का महेन्द्रकुमार साहकी श्रीमती ३२ वर्षीया अनिताकुमारी साहको ढुंगा र धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 
 
स्थानीय सिकन्द्र पूर्वेको घर भाडामा लिएर विगत एक वर्षदेखि होटल सञ्चालन गर्दै आएकी साहको गर्दन काटएको तथा टाउको क्षतविक्षत भएको अवस्थामा घरभित्र शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

गएराति मृतक र निजका पति महेन्द्र साह  माथि कुटपिट भएको खबर प्राप्त भएपछि सहयोगका लागि घटनास्थलमा पुगेको प्रहरी टोलीले ३५ वर्षीय महेन्द्रलाई गम्भीरु घाउचोटसहित बेहोस फेला पारेको थियो । निजलाई तत्काल उपचारका लागि गोलबजार पुर्याइएको थियो । 

घटनामा संलग्न भएको आशंकामा अनिताका चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक सन्तोष अचार्यले बताए। घटना भएको  घर नजिकको गोठबाट एक थान खुकुरी बरामद भएको छ । 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update