उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव र वन मन्त्री साहले लिए शपथ

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा सहभागी भएको छ । पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको वर्तमान सरकारमा जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका छन् ।
नवनियुक्त मन्त्री यादवलाई शितल निवासमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका छन् । यससँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा चार उपप्रधानमन्त्री बनेका छन् ।
यसअघि नै मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने छन् ।
जसपाबाट सरकारमा यादवसँगै नवलकिशोर साह पनि थपिएका छन् । साहले वन तथा वातावरण मन्त्रीको शपथ ग्रहण गरेका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० १२:४१
प्रतिक्रिया दिनुहोस्