नेपाल न्युज प्वाइन्ट डटकम
७ बुँदे सहमति कार्यान्वयन गर्न कांग्रेस दृढ : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग गत असारमा भएको ७ बुँदे सहमति कार्यान्वयन गर्न दृढ रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्दै उनले कांग्रेस-एमाले सरकारले राजनीतिक स्थिरता दिएको दाबी गरे । देउवाले ७ बुँदे सहमतिअनुसार संविधान संशोधन गर्नुपर्ने बताए ।

सभापति देउवाले अहिलेको सरकार सकारात्मक रुपमा अघि बढेको दाबी गरे । कुनै पनि सरकारको समग्र मूल्यांकन गर्न ६ महिनाको समय पर्याप्त नहुने बताउँदै उनले भने, 'सरकारले यो अवधिमा गरेका काम राम्रा छन् । त्यसैले भविष्यमा असल परिणाम देखिने मैले अनुभव र अनुभूति गरेको छु ।’

उनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने भन्दै यसको विकल्प खोज्ने नभई सुदृढ बनाउनुपर्ने बताए । उनले भने, ‘संसारका कमै देशमा रहेको समानुपातिक प्रणालीको प्रतिनिधित्व अपनाएका छौं । लोकतन्त्र अनुशासनको पद्धति पनि हो, लोकतन्त्रको विशाल छहारीमा शिक्षित समाज निर्माण गर्नुपर्छ ।’

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update