पार्टी कार्यालयमै राप्रपा नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको छ ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्ष बाहिर श्रेष्ठमाथि हातपात भएको हो । महामन्त्री विक्रम पाण्डेका समर्थकहरूले उनीमाथि हातपात गरेका हुन् ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी श्रेष्ठमाथि हातपात भएको हो ।
लिङ्देनको कार्यकक्षबाट बाहिर निस्किएका उनलाई केही युवाले पछ्याएका थिए । भागेर निस्किन खोजेका उनी ढोकामै कुटिएका हुन् ।
कार्यसम्पादन समिति बैठकमा नेता श्रेष्ठले भ्रष्टाचारका विषयका कुरा राखेका थिए। त्यसबेला नेता विक्रम पाण्डेसँग भनाभन भएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० १३:१७
प्रतिक्रिया दिनुहोस्